महासंघ उदेश्य
१. यो महासंघ मुनाफारहित, जनहितकारी, सामाजिक संस्था हुने छ।
२. नेपालका दलित, उपेक्षित, उत्पीडित अपाद्धहरुको गरीबी निवारणको लागि स्थापित दलित तथा सामाजिक विकासकर्ता संघ संस्थाहरूको संगठन र क्षमता विकास गर्ने सन्जाल तयार गर्ने ।
३. अधिकार बहालको लागि आत्मा जागरण र वकालत प्रशिक्षण गर्ने, गराउने ।
४. दलितहरूको समस्याको खोजी तथा पहिचान गर्दै योजना तयार र कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित निकायमा दभाव दिने।
५. सरकारी, गैरसरकारी, राष्ट्रिय, अन्तराष्ट्रिय र सहयोगी संघसंस्था बिच नेपालका सम्पूर्ण दलितहरू बिच उत्थान र विकासका लागि समन्वयकारी भूमिकाको लागि पहल गर्ने ।
६. क्षेत्रिय र जिल्लागत शाखा विकासको कार्य सँगै अवधारणाहरू तयार गर्ने ।
७. दलित विकासका कार्यमा संस्थाहरूको कार्यक्रम बारे अध्यय, अवलोकन, मूल्यांकन र निरीक्षण गर्ने ।
८. नेटवर्क संस्थागत रुपमा विकास गर्ने ।
९. सूचना, कार्यक्रमहरू पारदर्शिता पूर्वक गर्ने र गराउने ।
१०. दलित, महिला तथा बालबालिकाहरूको लागि हक अधिकार र शिक्षाको अवसर मिलाउने ।
११. दलितहरूको नेतृत्व विकासको लागि अभियान सञ्चालन गर्ने ।